२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

क्यान्सर अस्पतालको आम्दानी बढ्दै

फाइल फाेटाे

चितवन – विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ। अस्पतालले अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्षमा ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको हो। अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको जनाएको छ।

आर्थिक वर्ष २०७४÷७५ मा १९ करोड ४१ लाख ३९ हजार तथा आर्थिक वर्ष २०७३÷७४ मा अस्पतालको आम्दानी १८ करोड ४२ लाख ३१ हजार रहेको थियो। सेवा विस्तार र सुदृढ भएसँगै बिरामीले सहज रुपमा सेवा लिने पाएका हुन् । भदौ १५ गतेदेखि १ सय ९४ श्यया बढाएर ४ सय ४३ श्यया पु-याइएको छ।

क्यान्सर रोगीका लागि अत्यावश्यक रेडियोथेरापी मेशिनको अभाव छ। दैनिक झण्डै १ सय ६० जनाले सेवा पाउने गरेको छ। रेडियोथेरापी र प्याथोलोजी विभागका उपकरण पनि सञ्चालनमा आएको जनाएको छ। भिडियो एक्स–रे, म्यामोग्राफी र एमआरआई सेवा अवरुद्ध भए मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ।

सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको र सेवा सञ्चालन र श्यया थपिएसँगै अस्पतालको आम्दानी बढेको डा आचार्यले बताए।उनले भने बिरामी बाहिर जानु नपरोस् भनेर फार्मेसी सञ्चालनमा ल्याइएको छ। तीन वर्ष अघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो।

तत्कालीन समयमा अधिकांश उपकरण बिग्रिएका, प्याथोलोजीका सामग्री नभएको, र कर्मचारी कार्यालयमा बस्ने भएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सुधारका लागि पहल थालेको हो।सो पश्चात् नियुक्त हुनुभएका कार्यकारी निर्देशक आचार्यको निरन्तरको प्रयासपछि अस्पताल सुधारको बाटोमा अघि बढेको बताएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App