६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी हुने खुलासा

काठमाडाैं- गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेपछि घटना बाहिर आएको हो। उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरि जम्मा १० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए।

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ,  नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका (भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेका छन्।

रिना भाषा अनुवादक हुन् भने रोजले विवाहको कागजपत्र बनाउने कार्यमा सहयोग गरेको अनुुसन्धानबाट खु्लेको हो। प्रवक्ता थपिलयाले,‘भने ‘अन्य नेपाली चाहिँ गाउँबाट युवती ल्याउने कार्यमा संलग्न देखिएका छन्।’ 

त्यस्तै पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएकाको ब्युरोले जनाएको छ।

उनीहरुले अदालती विवाह गरेर सहजै चीन लैजाने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ।

नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसँग विवाह गरि चीन गएमा जीवन राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनि प्रलोभन देखाएर विवाहको नाममा युवतीहरुको तस्करी भइरहको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्।

प्रायः यस्तो कार्यमा कम उमेरका तथा मङ्गोलियन अनुहारका युवतीहरुलाई लक्षित गरिएको देखिएको छ। नेपाली र चिनियाँ दलालहरुले गाँउदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरि विवाह गराउने गरेको अनुसन्धानबाट खुलेको छ।

यसअघि ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समातेको थियो।

प्रकाशित: १३ भाद्र २०७६ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App