काठमाडाैँ - विधेयकमा विज्ञापनसम्बन्धी कसुर गरेमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ। दफा ५ अनुसारको कसुर गरे एक वर्ष कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसअघि दफा ५ को कसुर गरे पाँच वर्षसम्म कैद वा पाँच लाख जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था राखिएको थियो।
दफा ५ को उपदफा १ र २ मा हतियार तथा विस्फोटक पदार्थ वा नेपालको सुरक्षामा आँच आउने, चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधि बेच्न प्रोत्साहन गर्नेलगायत विषय दण्डनीय मानिएको छ। दफा ७ देखि १२ सम्म उल्लेख भएका विषयमा विज्ञापन गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले सरकारले तोकेको सर्तबाहिर गई विज्ञापनरहित प्रसारण नगरे पाँच लाखसम्म जरिवान तिनुपर्नेछ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको प्रस्तावलाई नै समितिले पारित गरेको हो।
प्रकाशित: ५ भाद्र २०७६ ०१:५३ बिहीबार