१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

श्रीलंका टापु क्षेत्रमा ४४ वटा गाईगोरु मृत भेटिए

इटहरी– सप्तकोसीको पूर्वी तटवन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि पुगिने बराहक्षेत्र वडा नं. ६ र ९ को बस्ती श्रीलंका टापु क्षेत्रमा  ४४ वटा गाई–गोरु मृत भेटिएका छन्। कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने श्रीलंका टापुमा विहीबार बिहान २८ वटा गाई र १६ वटा गोरु मृत भेटिएका हुन्। 

गाईं–गोरु मरेको सूचना पाएपछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो। पशु सेवा केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोले मरेका गाई–गोरुको नाक, मुख, कान, आँखा र पछाडिको मलद्धवारबाट रगत निस्किएको बताए। गाईं–गोरु श्रीलंका टापुको चरिचरन क्षेत्रको घाँसे मैदानमा मृत भेटिएको महतोले बताए। 

मरेका गाई–गोरुको रगत परीक्षण गर्न नमूना संकलन गरिएको छ। ‘अब शुक्रबार (आज) नमूना परीक्षणका लागि पशुपंछी रोग अन्वेषण प्रयोगशला विराटनगर लगिनेछ,’ महत्तोले भने, ‘रगत परीक्षण गरेपछि मात्र कुन रोग लागेको भनेर पुष्टि हुन्छ।’ 
 मरेका गाई–गोरु चरिचरनका लागि छाड्ने भएकाले गर्दा कस कसका हुन् ? भनेर पत्ता लागेको छैन। मरेका गाई–गोरुलाईं बराहक्षेत्र नगरपालिकाले खाल्डो खनेर पुरेको छ। 

श्रीलंका टापु वस्तीमा वर्षायाममा पूर्व र पश्चिम दुवै तर्फ कोसीको पानीले घेरिन्छ र टापुको रुप धारणा गर्छ। 

कोशीबाट घेरिएको वस्ती श्रीलंका टापु सरकार भन्दा निकै टाढा छ। श्रीलंका टापुभन्दा पश्चिमतर्फ पनि खहरे खोला हुँदा समस्या छ। श्रीलंका टापु पनि कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमै पर्छ। आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुर गरि एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। आरक्ष क्षेत्रमा बग्रेल्ती चौपाय चरिचरनका लागि छाडिने गरेका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App