४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ राख्ने सहमति

काठमाडाैं- प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ। 

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिएका थिए।

सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने धारणा व्यक्त गरेका थिए। बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो। 

समितिका सभापति शशी श्रेष्ठको सभापतित्वमा भएको बैठकमा सांसदहरु खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, यशोदा गुरुङ, पम्फा भुसाललगायतले विधेयकका व्यवस्था सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए। रासस

प्रकाशित: २१ श्रावण २०७६ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App