२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

नयनी कल्पाजे।

बर्दिया– शुक्रबार दिउँसोे १२ बजे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ कार्यकक्षमा व्यस्त थिए। त्यतिनै बेला कार्यकक्षमा एउटी विदेशी युवती टुसुक्क सोफामा बसिन्।

गहुँगोरी ती युवतीको अनुहारमा असह्य पीडा झल्किन्थ्यो। उनी हाँसेजस्तो गरेर प्रजिअ कार्यकक्षभित्र पसे पनि उनलाई देख्नेले मनभित्र ठूलो पीडा पालेको अनुभूति गरेका थिए।

व्यस्तताका बीच ठूलै यूद्ध जितेको अनुभुति गर्दै प्रजिअ कुरुम्वाङ ती युवतीलाई इंगीत गर्दै भने, ‘तपाईं घर फर्कन पाउनु हुने भयो, काठमाडौं जान टिकट मिलाइदिएको छु। सेवा केन्द्रको साथी पनि सँगै काठमाडौं जानुहुन्छ, मंगलबार तपाईं  आफ्नो घर पुग्नुहुन्छ। ’

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

यति भनिरहँदा ती युवतीको अनुहार उज्यालियो। त्यतिखेर उनले आफूलाई सम्हाल्न सकिनन्। सायद् खुसीले होला उनको आँखाबाट आँसु खसिरह्यो। प्रजिअ कार्यकक्षमा भएका अन्य सेवाग्राही स्तब्ध भए।

आठ वर्षअघि श्रीलंकाकी १८ वर्षीया नयनी कल्पाजे जोर्डनमा लेखापालको काम गर्न आएकी थिइन्। स्नातक तहसम्म अध्ययन गरेकी उनी जोर्डनमा लेखापालको काम गर्थिन्। आकर्षक तलब थापिरहेकी उनी घर (श्रीलंका) आउजाउ पनि गर्थिन्। काम गर्ने क्रममा उनको गुलरिया नगरपालिका–४ बस्ने सुमन परियारबीच हिमचिम बढ्यो। केही समयपछि उनीहरुको हिमचिम प्रेममा परिणत भयो।

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

सँगै जीवन बिताउने वाचाका साथ ल्याएका उनका श्रीमान पनि कूलतमा फसेका छन्। कमाइ नहुँदा उनी कति दिन भोकभोकै बसिन्। उनलाई हेर्ने कोही भएनन्। उनको विवाह दर्ता नगरपालिकामा भएको थियो।

विभिन्न प्रक्रिया पु-याएर जिल्ला प्रशासनले विवाह दर्ता गर्नुपर्ने उनको नगरपालिकामा गरेको विवाह दर्ता अवैध भयो। अन्ततः उनी घर फर्कने सपना तुहियो। उनको दुःखमा मल्हम लगाउन गुलरिया नगरपालिकामा उपप्रमुख सुशिला गिरीले श्रीमान सुमनलाई नगरपालिकामा जागिर दिइन्। कुलतमा फसेकाले उनले नगरपालिकाको जागिर छाडे। श्रीमानकै कारण अनेकौं दुःख सहन बाध्य भइन्। उनका श्रीमानले नगरपालिकाको जागिर छाडेपछि बिहानसाँझको हातमुख जोर्न हम्मेहम्मे भयो।

६ वर्षपछि नयनीको उद्धारको खबरले खुसी तुल्याएको उपप्रमुख गिरीले बताइन्। गृह मन्त्रालय सचिव प्रेम राई र गुलरिया नगरपालिका उपप्रमुख गिरीको सक्रियतामा जरिवाना मिनाहा गरेर श्रीलंकाकी युवतीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए।

प्रकाशित: ५ श्रावण २०७६ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App