९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पाटनमा शव फेला

बैतडी – पाटन नगरपालिका–६, खिपालीका पृथ्वीराज अवस्थी मृत फेला परेका छन्। अन्दाजी ४८ वर्षीय अवस्थीको शव मंगलबार बिहान पाटन बजारस्थित निर्माणाधीन नयाँ बसपार्कमा फेला परेको हो।

मृतककोे टाउकोको दायाँपट्टि घाउ भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। आज बिहान साढे ८ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०७६ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App