६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पक्की नाली मासेर व्यापारिक भवन

सडक उत्तर र दक्षिण तर्फ नाली मासेर निर्माण भएका व्यापारिक भवन। तस्बिर/निर्मल घिमिरे

बाँसगढी,(बर्दिया)– पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा सडकको दुवैपट्टि तीन तले दुईवटा व्यापारिक भवन छन्। बाँसगढी बजारका ती दुई वटा भवन  पक्की नाली मासेर बनेको प्रस्टै देखिन्छ। नालीमाथि बनेका  सडकदेखि उत्तरतर्फको  भवनमा माछापुच्छ्रे होटल छ भने दक्षिणतर्फ भवनमा नागरिक इलेट्रोनिकक्स पसल सञ्चालन गरिएको छ। उत्तरतर्फको घरले नाली पुरेको छ भने  दक्षिण तर्फको घर नाली मै पक्की पिलर बनाएर घर ठडाएको छ। पक्की नाली मासेर बनेका दुईवटा भवनमा अन्य दर्जन भन्दा बढि खुद्राखुद्री पसल सञ्चालनमा छन्।

घरधनीले  नाली मासेर मापदण्ड बिपरीत  बनाएको घरवाट लाखौ घर भाडा असुल गरिरहेका छन्। तर,  बाँसगढी बजार देखिने व्यापारिक भवनको त्यस्ता दृश्यले नियमनकारी निकाय मुकदर्शक बनेको पुष्टि गर्छ। परम्परागत कुला वा पक्की नाली मासेर बनेका घर बाँसगढी बजारमा आर्कषक मध्येमा पर्छन। ती भवनमा त्यो बाटो भएर हिड्ने जो कोहिको नजरमा पर्छ। सडकको दुवै तर्फ पक्की नाली मासेर बनेका तीन तलाको घर निर्माणमा करोड बढि लगानी भएको छ।

पक्की नाली मिचेर बनेका व्यापारिक भवनलाई  नगरपालिका प्रशासन मापदण्ड लागू गर्न असफल भएको छ। परम्परागत कुलो वा सडक मासेर कुनै संरचना बनाउन नमिल्ने सर्वमान्य सिद्धान्तको  विपरीत बनेको व्यापारिक भवनले भवन निर्माण आचारसंहिताको धज्जी उडेको छ।

बिना रोकटोक पक्की नालीमाथि बनेको व्यापारिक भवन देख्ने जो कोहि अचम्मित हुने गरेको स्थानीय बताउँछन्।‘सडक छेउबाट हिड्ने जो कोहि पक्की नालीमाथि बनेको घर फोटो खिचेर हिड्छन्’एक स्थानीयले भने,‘तर,स्थानीयलाई लाज लागेर के गर्ने,नियमन गर्ने निकाय देखेको नदेखे झै गर्छ।’

सडकका छेउछेउमा बनेका घरले बाँसगढी बजार नै डुवानमा पर्ने जोखिम छ। पक्की नाली मास्दा बजारवाट पानीको निकास थुनिएको स्थानीय गुनासो गर्छन्। बजारको बीचमा पूर्वपश्चिम राजमार्गले बाँधजस्तो काम गर्छ । सडक छेउमा बनेका ठूला घरले बर्खामा पानी निकास नहुँदा  बासगढी बजार बर्सेनि  डुवानमा पर्ने गरेको छ। डुवानमा पर्ने समस्याले नगरबासीले परम्परागत निकास खोल्नु पर्ने माग गर्दे आएका छन्।

नगरबासीको माग नियमकारी सम्बोधन नगर्दा यतिखेर पानी निकासको विवाद बढ्दै गएको छ। तर,घरधनी कृष्ण बास्तोलाले परम्परागत निकास भएपनि आफ्नो नम्बरी जग्गा पर्ने भन्दै घर बनाएको दाबी गर्दे आएका छन्।  नगरपालिकाले सबै निकास खोलेर बजारमा डुवानको समस्या हटाउन लागि परेको बासगढीका नगर प्रमुख शालिकराम अधिकारीले बताए।

‘घर बन्दा राखिएको निकास खोल्न नगरपालिकाले दबाब दिइरहेको छ’उनले भने,‘निकास खोलिदिने शर्त भए पनि अहिले सम्म निकास खोलिएका छैन।’ निजी जग्गाको लालपूर्जामा परम्परागत निकास नभएकाले समस्या परिरहेको उनले बताए। बाँसगढीले नगरपालिकाले बासगढी मुक्त पार्न अधिकांश ठाउँमा निकास खोलेपनि बासगढी बजार नै डुवानमा पार्ने पक्की नालीको निकास रोकिएकोमा स्थानीय आक्रोसित छन्।

चलनचल्तिमा रहेको सडक र कुलो मास्न नपाइने प्रावधान भए पनि घरधनीले पक्की नाली नै मासेर पक्की घर निर्माण गर्ने काम मापदण्ड विपरीत भएको स्थानीयको भनाइ छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App