काठमाडौं– प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ। एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचका क्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मङ्गलबार राति फरार भएका थिए।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले मङ्गलबार राति फरार श्रेष्ठलाई आज दिउँसो वृत्त महाराजगञ्जबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको जानकारी दिए।
पक्राउ श्रेष्ठलाई म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए। रासस
प्रकाशित: ८ जेष्ठ २०७६ ११:४१ बुधबार