२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई सातामा १४ थान हतियार बरामद

सुर्खेत– सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो। 

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको एक महिनाको अवधिमा एउटै हतियार संकलन भएको थिएन्। प्रहरीले पछिल्लो दुई साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट १४ थान हतियार बरामद गरेको छ। ‘पछिल्लो दुई सातामा जिल्लाका विभिन्न स्थानबाट १४ थान हतियार संकलन गर्न हामी सफल भएका छौं’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले भने, ‘हतियार नियन्त्रण अभियानलाई गाउँगाउँसम्म पु¥याएका छौं।’ 

राज्यले विप्लव समूहमाथि प्रतिवन्ध लगाएसँगै हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। ‘राज्यले हतियार बुझाउन दिएको समयावधि सकिएपछि जिल्लाभित्रका सबै प्रहरी यूनिटहरुलाई हतियार संकलन गर्न निर्देशन दिएका हौं’, उनले भने, ‘दिनदिनै हतियारहरु फेला परिरहेका छन्।’

प्रहरीले बैशाख १६ गतेबाट हतियार संकलन अभियानको थालनी गरेको हो। यो अवधिमा बराहताल गाउँपालिकाका विभिन्न स्थानबाट ११ वटा हतियार फेला परेका छन् भने पञ्चपुरी नगरपालिकाबाट तीन वटा हतियार फेला परेका छन्। प्रहरीले बैशाख १६ गते बराहताल गाउँपालिका–५ स्थित करियापानीबाट दुई नाल, बैशाख १७ गते बराहताल–५ को लेखगाउँबाट एक नाल, जेठ चार गते छ थान, रक्सेनीबाट एक थान हतियार बरामद गरेको छ।

यस्तै पञ्चपुरी नगरपालिका–१० बच्छीबाट एक थान, पञ्चपुरी–७ को साफेबाछ दुई थान बन्दूक बरामद गरेको छ। प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायले दिएको सूचनाका आधारमा अबैद्य हतियार संकलन भएका हुन्। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समुदायले दिएका सूचनाका आधारमा ति हतियारहरु बरामद भएका हुन्’ उनले भने, ‘हतियार नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौं।’

प्रकाशित: ६ जेष्ठ २०७६ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App