८ वैशाख २०८१ शनिबार
समाज

सार्नुपर्ने बस्तीमा घर निर्माण

धादिङ - २०७२ वैशाख १२ गतेको भूकम्पपछि उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–४ स्थित हिन्दुङका ९६ घरधुरीलाई दुईवटा पहिरोले घे¥यो। घर ढले, जग्गाजमिन चिराचिरा प¥यो र माथिबाट झरेको पहिरोले बस्ती जोखिममा पा¥यो। पहिरोको जोखिम भएपछि केही सदरमुकाम धादिङबेंसी झरे, केही सल्यानटार भने केही आसपासका बस्तीमा सरे। भूकम्पपछि सर्वेक्षणमा पुगेका भूगर्भविद्ले बस्ती नै सार्नुपर्ने भनेर सिफारिस गरेका थिए। तर अहिले यो बस्तीमा न पहिरोको त्रास नै रोकिएको छ न बस्ती नै अन्यन्त्र सारिएको छ। सार्नुपर्ने भनिएको बस्तीमै स्थानीय धमाधम घर बनाएर बसिरहेका छन्।

बस्तीको सिरानदेखि पुछारसम्म गएका दुईवटा पहिरोले बस्ती नै पहिरोबीचमा प¥यो भने सिँचाइयोग्य खेत सबै पुरिए। भूकम्पपछिका वर्षमा पहिरोले आठवटा घरगोठ बगायो । अहिले पनि बस्तीमाथिको पहिरो हेर्दै त्रासमा दिनरात गुजार्ने गरेको स्थानीय नरसिंह तामाङले बताए। ‘जोखिम छ भनेर भूगर्भविद्को अध्ययनबाट थाहा पाए पनि सुरक्षित ठाउँ भने जान पाएका छैनौं,’ तामाङ भने, ‘न बस्ने सुुरक्षित घर छ, न सर्ने भर छ।’ आफ्नो थाकथलो छोडेर अन्यन्त्र जान खेतीयोग्य जमिन र हातमा सिप नभएकाले पहिरोको त्रासैत्रासमा दिन कटाइरहेको तामाङले बताए। रुबिभ्याली गाउँपालिकाको नेबेर, कपुरगाउँ, हिन्दुङ, चपाङचेत, तिङचेत, री को कराङ, रिचेत, चेप्राङ खनियाबासको झार्लाङ, दार्खा, सत्यदेवीलगायत पहिरोको जोखिमयुक्त ठाउँ मानिन्छन्। भूकम्पले जमिन चिराचिरा भएपछि भूगर्भविद्ले त्यहाँको बस्ती अन्यत्रै सार्नुपर्ने बताएका थिए। केही बस्ती सदरमुकाम आसपासका खाली ठाउँमा आएर बसेका छन् भने केही त्यहीँ जोखिम सहेरै बसेका छन्।

भूकम्पका कारण भत्किएका उत्तरी धादिङका ३४ वटा बस्ती पहिरोको उच्चजोखिममा रहेको भूगर्भविद्ले सिफारिस गरेका छन्। भूगर्भविद्ले ती स्थानमा बस्नु उपयुक्त छैन, बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गरेको वर्षौं बितिसकेको छ। तर जोखिमयुक्त बस्ती सार्न न सम्बन्धित निकायबाट पहल भएको छ न स्थानीयले नै चासो दिएका छन्। उनीहरू जोखिमयुक्त बस्तीमै आवास निर्माणका लागि आएको तीन लाख रुपैयाँ लिएर धमाधम घर निर्माण गरी बसिरहेका छन्। भूकम्पपछि जोखिमयुक्त रहेका धादिङका ४७ वटा गाउँलाई अन्यत्र सार्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई सिफारिस गरेको थियो।

४७ मध्ये ४१ वटा गाउँ उत्तरी धादिङका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि धादिङका दुई सय ५९ घर सार्नुपर्ने सूचीमा राखेको छ। आफ्नै जग्गामा घर बनाउन नमिल्नेहरूका लागि अन्यत्र जग्गा खरिद गर्न प्राधिकरणले थप दुई लाख रुपैयाँ पनि उपलब्ध गराएको छ। यसरी बस्ती सार्न सिफारिस गर्दा पनि कपुरगाउँमा सरकारी अनुदानमा २० भन्दा बढी घर ठडिएका छन्। धमाधम एककोठे घर निर्माण गरी पहिरोको जोखिम मोलेर बसिरहेका छन् तर स्थानीयले बस्ती सार्न चासो देखाएका छैनन्।
क्याप्सन ः पहिरोको जोखिममा रहेको रुबिभ्यालीको कपुरगाउँ। फाइल फोटो

प्रकाशित: २ जेष्ठ २०७६ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App