७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

केरुङमा बज्रगुरु पूजा

सोलुखुम्बु – नयाँ वर्ष सुरुसँगै सोलुदूधकुण्ड नगरपालिका ८, केरुङमा बज्रगुरु पूजा सुरु भएको छ। सोमबारबाट सुरु भएको यो १४औं बज्रगुरु पूजा हो। बज्रगुरु पूजामा तेङ्बोछे गोन्पाका गुरु रिन्पोछे ङवाङ तेन्जिङ जाङ्बु, तोलका टुल्कुसहित अरु ठूला धर्मगुरु पनि सहभागी छन्।

पूजामा टाढाटाढाबाट बौद्धधर्मावलम्बी आएका छन्। पूजा मूल आयोजक समितिका अध्यक्ष आङकाजी शेर्पाले बज्रगुरु पूजा मानव जातिका लागि मात्रै नभई यो धर्तीमा रहने सम्पूर्ण प्राणी जगतको कल्याण, देशमा शान्ति, सद्भाव र अमनचयन कायम रहोस् भन्ने कामनाका लागि आयोजना गरिएको बताए।

उनले केरुङको पावन भूमिमा यसअघि यस्तो महान धार्मिक पूजा कहिल्यै नभएको र यो ऐतिहासिक धार्मिक कार्यक्रम भएको दाबी गरे। वैशाख ११ गतेसम्म चल्ने पूजामा विश्व शान्तिका लागि ११ करोड बज्रगुरु मन्त्रजप गरिनेछ। पुजा थेक्छेन साङागलिङ गुम्बामा भइरहेको छ।
 

प्रकाशित: ४ वैशाख २०७६ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App