coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यस्तो देखियो चौरी महोत्सव (फोटो फिचर)

पाँचथर – समुद्र सतहदेखि ३ हजार ३ सय ४० मीटर उचाई मा रहेको पाँचथरको फालेलुङ गाँउपालिकाको चारराते भन्ने ठाँउमा तेश्रो चौरी महोत्सव सम्पन्न भएको छ। चौरीलाई जोडेर पर्यटन विकास गर्ने प्रतिवद्धता सहित महोत्सव सकिएको हो। भारतसँग सिमाना नजिक भएको महोत्सवमा उलेख्य उपस्थीती थियो।

परम्परागत चौरी पालन व्यवसायलाई प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्ने, जैविक विविधताको सरक्षण र प्रवर्द्धन, क्रस बोर्डर तथा इको टुरीजमको विकास गर्दै लैजाने योजनाका साथ महोत्सवको आयोजना भएको थियो। चौरी महोत्सव नेपालमा एकठाँउमात्र हुन्छ। महोत्सवका लागि ताप्लेजुङ–पाँचथरका विभिन्न ठाँउबाट चौरी ल्यायएको थियो। भारतको विभिन्न ठाँउबाट ठुलो संख्यामा पर्यटकहरु महोत्सवमा आएकमा थिए चौरीको प्रर्दशन, छुर्पि, ध्यू लगायका चौरीजन्य उत्पादन तथा गोठलाई झल्काउने स्टलहरु राखिएको थियो।

महोत्सवको  १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङबोले  घुएत्रो (परम्परागत गोठ परम्परामा तर्साउने ढुंगा) हानेर उद्घाटन गरेका थिए।  महोत्सवमा सासद, विभिन्न जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल तथा सरकारी निकायका प्रमुखहरु सहित उलेख्य सहभागि थिए।  गैरसरकारी क्षेत्रबाट हुने महोत्सव यसपल्ट फालेलुङ गाँउपालिका आफैले यो महोत्सवको आयोजना गरेको थियो। दिपज्योती युवा क्लब,  फालेलुङ–कञ्चनजंगा पर्यापर्यटन प्रवद्र्धन संस्था, इसिमोडको कञ्चनजंघा भुपरिधि संरक्षण कार्यक्रम सह–आयोजकको रुपमा रहेका  थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App