१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१४ बर्से हेमचन्द्र भन्छन्, ‘म र बुवा मिलेर भनेजस्तो सेवा दिन्छौं’

सैलुनमा कपाल काट्दै हेमचन्द्र नेपाली। तस्बिर : सुमन मल्ल

मुगु - छायानाथ रारा नगरपालिका १ का हेमचन्द्र नपाली विद्यालय बिदा हुनासाथ बुवाको सैलुनमा काम गर्न जान्छन्। साथीहरु बिदा हुँदा घुम्न जान्छन्। तर, उनलाई घुम्नभन्दा बुवाको सैलुन जान मन लाग्छ। १४ वर्षका उनी कक्षा ८ मा पढ्छन्।शनिबार कपाल काट्दै गरेका भेटिएका हेमले भने, ‘आज बिदाको दिन। बुवालाई सघाउन आएको। 

बिदाको दिन सैलुनमा अघिपछिभन्दा भीड हुन्छ। कहिलेकाहीँ त कपाल काट्नेको घुइँचो नै लाग्छ। उनी भन्छन्, ‘म र बुवा मिलेर भनेजस्तो सेवा दिन्छौं। 

सदरमुकाममा उनका बुवा तिलचन्द्र नेपालीले कपाल काट्ने व्यवसाय थालेको २० वर्षजति भयो। यसैको मिहिनेतबाट उनको घर चल्दै आएको छ। तिलचन्द्र पेसाबाट खुसी छन्। भन्छन्, ‘मिहिनेत गरे गाउँमै जे पनि छ, मलाई त कतै जान मन लागेन।’
सुरु सुरुमा कपाल काट्ने मान्छे भनेर हेयको भावले आफूलाई हेर्ने गरेका उनी सम्झन्छन्, ‘कपाल काट्ने मान्छे भनेर गिज्याउँथे, साथीहरुले पनि के यस्तो पेसा गरेको होला भन्थे। तर, मैले छाडिनँ। 

छोरातिर देखाउँदै उनले भने, अहिले त यल्ले पनि सघाउन थालिसक्यो, स्कुल बिदा भयो कि यहीँ आउँछ। मलाई सघाउँछ।दैनिक तीन हजारसम्म कमाइ हुने बताउँदै उनले भने, ‘कपाल काटेरै महिनाको ३०-३५ हजारसम्म बचत गर्छौं। 

सुरुमा आर्थिक अवस्था कमजोर भएको र यही पेसामा लागेर पछि चार लाख रुपैयाँमा एक हल जमिन पनि जोडेको उनले बताए। यसैको कमाइबाट उनले घरसमेत बनाएका छन्। त्यसमा उनको दैनिक खर्चको त हिसाबै छैन। छोराछोरी पनि राम्रैसँग पढाइरहेका छन्, उनले।

प्रकाशित: २५ फाल्गुन २०७५ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App