२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

नर्भिकमा कलेजो प्रत्यारोपण तयारी

काठमाडौं – नर्भिकको विस्तारित सेवा अबमार्फत कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको छ। सन् २०१२ मै स्थापना भएको नर्भिकै पाचनप्रणाली तथा उपचार केन्द्रकै नेतृत्वमा डा. मधु घिमिरेको नेतृत्वमा उक्त सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। सो समूहमा अस्पतालकै डिडिसी प्रमुख डा. सन्दीपराज कुवँर पनि सहभागी छन्।

डा. सन्दीप पेटरोग विशेषज्ञ हुन्। निकट भविष्यमै उक्त सेवा सुरु हुन लागेको अस्पतालले जनाउँदै बुधबार पे्रस विज्ञप्ति जारी गरेको छ। सेवाको लागि जनशक्ति तालिम, अनुमति प्रक्रिया लिने, भौतिक पूर्वाधार निर्माणलगायतका तयारी भइरहेको अस्पतालले जनाएको छ। प्रत्यारोपणको लागि अनुमति प्रक्रिया पूरा भएपछि प्रत्यारोपण समय तोकिने अस्पतालले जनाएको छ।

प्रत्यारोपण समूहका अन्य सदस्यमा नर्भिक अस्पतालकै कलेजा रोग सर्जन डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार शाह, डा. अनिशा तिवारी, डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ), डा. विरेन्द्रकुमार राउत, डा. किरण अधिकारी, डा. वालचन्द्र कार्की (एनेस्थेसिस्ट तथा क्रिटिकल केयर मेडिसिन), डा.विवेक शाह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (प्याथालोष्टि विशेषज्ञ) र डा. रञ्जित साह छन्।

कलेजो बालरोग विशेषज्ञहरुमा डा. अमृत ढुंगेल र डा. हेमन्त शर्मा सहभागी छन्। अस्पतालले कलेजो उपचारमा यसअघि नै इन्डोेस्कोपिक अल्ट्रासाउण्ड र बेलुन इन्टेरोस्कोपी जस्ता प्रविधिमा, इण्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलिपेक्टोमी इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इआरसिपी इन्टेरेस्कोपी, बेलुन डायलाटेसन प्रविधिको प्रयोगबाट पहिल्यै उपचार गर्दै आएको छ।

प्रकाशित: १३ पुस २०७५ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App