८ वैशाख २०८१ शनिबार
समाज

बहिनीले दिदीलाई स्वदेश फर्काइन् (भिडियो सहित)

पाँच बहिनी मध्ये तिन जना दिदी बहिनी चर्चित रगंकर्मी । सुर्यमाला, चन्द्रमाला र निशा । सुर्यमाला र चन्द्रमालाले करिव तीस दशक अघिका चर्चित रंगकर्मी अभिनेत्री हुन् भने उनीहरुकी बहिनी निशा शर्मा अहिले पनि रंगकर्मीका रूपमा चर्चित छिन् । यि दिदी बहिनीहरुको सम्बन्धहरूमा अटुट विश्वास छ । एकलाइ मर्का पर्दा अर्कोलाइ अहिले पनि पीडा हुन्छ । विवाह गरेर टाढा गइसके पछि पनि आफु भित्रको प्रेमले एकअर्कालाइ बाधीरहेका छन् । सुर्यमालाका श्रीमान अभिनेता सरोज खनाल हुन् भने चन्द्रमालाका श्रीमान अशोक वर्मा भारतिय व्यापारी हुन् ।

निशाका श्रीमान रंगकर्मी सुनिल शर्मा हुन् । चन्द्रमाला र सूर्यमाला विभिन्न कारणवस कलाकारिताबाट टाढा रहे पनि आफु भित्रको कलाकारितालाइ मार्न सकेनन् । यो बिचमा बहिनी चन्द्रमाला व्यवसायमा स्थापित भैसकेकी थिइन् । चन्द्रमाला भित्रको छटपटीले दिदि सूर्यमाला र भिनाजु सरोज खनाललाइ सात समुन्द्रपारीबाट नेपाल फर्काउन अनेकन प्रयास गरिरहिन् । अनन्तः उनको प्रयास पाँच/ छ वर्ष पछि सफल भयो । त्यसपछि मात्रै दिदि बहिनीको सपना मन्दिर माला आर्ट एकेडेमी खुल्यो । बहिनी चन्द्रमालाले बेन्ट्ले सो रूम संचालन गरिरहेकी छिन् । अमेरिकामा छदा सरोज खनालले बिच बिचमा नेपाल आएर चलचित्रमा अभिनय गरेपनि सूर्यमाला भने अभिनय क्षेत्र छोडेर बसेकी थिइन् । सूर्यमालालाइ अमेरिका जाने इच्छा थिएन तर पनि कलाकारिता छोडेर विदेशीनु बाध्यता रहेको सम्झन्छीन् ।

धेरै जसो व्यक्तीहरु झट्ट हेर्दा चन्द्रमाला र सुर्यमालामाको मुहारमा झुक्कीने गर्दछन् । सूर्यमाला उमेरमा जेठी भएपनि अभियानकी गुरू चन्द्रमाला हुन् । चन्द्रमाला स्टेज क्वीनको नामले समेत परिचित थिइन् । चन्द्रमाला र सूर्यमालाको सम्बन्ध दिदि बहिनी भन्दा पनि साथीहरुको जस्तै छ । घरमा पाँचै बहिनीको प्रेम विवाह हो । आमा र बुवाको समेत प्रेम विवाह हो । आमा नेवार थरकी र बुवा ब्राह्मण थरका हुन्  । मानौ घरै प्रेम विवाहमय रहेछ । (भिडियो सहित)

 

प्रकाशित: ६ पुस २०७५ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App