२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

स्यालको टोकाइबाट ६ जना घाइते

रुकुम - सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्यालको टोकाइबाट ६ जना घाइते भएका छन्। नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालकाे टाेकाइबाट घाइते हुनेमा २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीय पुष्पा राना, १६ वर्षीय मानबहादुर पुन र ४ वर्षीय लक्ष्मण राना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए। घाइते सबैको सल्लीबजारमा रहेको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको उनले बताए।

बेलुका घर वाहिर निस्केका बेला एक्कासि स्याल आएर आफूलाई टोकेको शेरबहादुरले बताए। यसअघि समेत बहुलाएका स्याल जंगलबाट गाउँमा पसेर दर्जनाैं बढी चौपायालाई टोकेको उनले बताए। यस्तै जिल्लाको कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएको प्रहरीले बताएको छ। 

 

प्रकाशित: २२ मंसिर २०७५ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App