काठमाडौं- प्रहरीले जुवा खेलीरहेका १५ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने ४२ वर्षीय जिवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जिवनबहादुर समेत १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जुवाको खालबाट नगद ७ लाख १५ हजार ४ सय रुपैयाँ समेत वरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०७५ ०७:५५ मंगलबार