४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जगदम्बाकाे भट्टी पड्कदा पाँच मजदुर घाईते, दुर्इकाे अवस्था गम्भीर

बारा - सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन्। कवाडी समान पगाल्ने क्रममा अचानक भट्टी पड्कीदा फलामको टुक्राले त्यसमा मजदुरी गर्दे आएको भारतीयहरु घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले बताए। घाइते हुनेमा बिहार सितामणीका कमलेश राय, नरेश सहनी, सन्दीप कुमार, पंकज कुमार र मोतीहारी घर भएका विनायक सिँह रहेको हमालले बताए। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरुको भारत बिहारको रक्सौल स्थित डनकन अस्पतालमा उपचार भैरहेकाे छ।

 

प्रकाशित: २४ आश्विन २०७५ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App