२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योगका दोषी ४ वर्षपछि पक्राउ

खोटाङ– खोटाङमा ज्यान मार्ने उद्योग मुद्दामा सजाय सुनाइएका प्रतिबादी जेल चलान भएका छन्। भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले सख्त घाइते हुनेगरी कुटपिट गरेको मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानीमा शेर्पा जेल चलान भएका हुन्। 

घटनापछि फरार शेर्पा जिल्ला अदालत भोजपुरले सजाय सुनाएको ४ वर्षपछि पक्राउ परेका हुन्। जिल्ला अदालत भोजपुरले २०७१ साल जेठ २२ गते ज्यानमार्ने  मुद्दा सजाय सुनाएका शेर्पालाई भदौ १० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। सोमबार जिल्ला अदालत खोटाङमा पेश गरिएका शेर्पा सोही दिन कैंद भुक्तानका लागि कारागार पठाइएका छन्। 

प्रकाशित: १२ भाद्र २०७५ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App