२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सीमापार अपराध नियन्त्रण गर्न सशस्त्र र एसएसबीको प्रतिवद्धता

काठमाडौ –  सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीचको तेस्रो समन्वयात्मक बैठकले सिमाक्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न  संयुक्त गस्ति सञ्चालन गर्ने निर्णय गरेको छ। 

भारतको नयाँ दिल्लीमा सम्पन्न तीनदिने बैठकमा नेपालबाट  सशस्त्र महानिरिक्षक सैलेन्द्र खनालको नेतृत्वमा परराष्ट्र र गृहमन्त्रालयका अधिकारीहरु सम्मिलित थिए। भारतीय सीमा सुरक्षाबलका डाइरेक्टर जेनरल रजनिकान्त मिश्रसहित त्यहाँको परराष्ट्र तथा गृहमन्त्रालयका अधिकारीहरु बैठकमा सहभागी थिए। 

बैठकमा नेपाल–भारत सीमा क्षेत्रको पछिल्लो सुरक्षा अवस्थाबारे गहन छलफल भएको थियो। बैठकले सीमा सुरक्षाका विषयमा दुबै पक्षबीचको सहयोग र समन्वय विस्तारका लागि थप उपायहरु अपनाउनेमा सहमति जनाएको छ। नेतृत्व तहदेखि सुरक्षा पोष्टसम्मका विभिन्न तहमा समय समयमा नियमित परामर्श कायम राख्न पनि दुवै पक्ष सहमत भएको जनाइएको छ।

बैठकले सीमा क्षेत्रमा हुनसक्ने मानव बेचविखन तथा लागूऔषध, हातहतियार ओसारपसारजस्ता  अपराधिक गतिविधि नियन्त्रण गर्न संयुक्त गस्ती सञ्चालन गर्न सहमति जनाएको छ। सुरक्षा अधिकारीमा जनतासँग घुलमिल हुने स्वाभाव विकास गर्न तालिम दिने पनि सहमति भएको जनाइएको छ। नजिकिदो चाडपर्वमा सिमा वारपार हुने मानव आवागमनलाई व्यवस्थित गर्न एसएसबी र सशस्त्र प्रहरीले मुख्य सिमा नाकामा सहयोग कक्ष स्थापना गर्ने पनि सहमति भएको छ।

चौथो बैठक एक वर्षभित्र नेपालमा आयोजना हुने भारतस्थित नेपाली दुतावासले जनाएको छ।

 

प्रकाशित: २५ श्रावण २०७५ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App