२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फुटबल क्लबलाई एम्बुलेन्स

इलाम – सदरमुकामको ठूलो टुँडिखेलमा बर्सेनि आयोजना गरिने माइभ्याली गोल्डकपको पहिलो पुरस्कार राशि उलपब्ध गराइरहेका दाता दम्पतीले माइभ्याली फुटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

सूर्योदय नगरपालिका–१२ का तारा र रोजु सापकोटाले क्लबले सञ्चालन गर्नेगरी एम्बुलेन्स प्रदान गरेका हुन्। यसअघि सापकोटा दम्पतीले माइभ्याली गोल्डकपको पहिलो, दोस्रो र तेस्रो संस्करणको प्रथम पुरस्कार राशि सहयोग गरिरहेका थिए।

चौथो संस्करणका बेला नै उनीहरूले यो पटक माइभ्यालीलाई एम्बुलेन्स सहयोग गर्ने वचन दिइसकेका थिए। जिल्लाको खेलकुद विकासमा थप सहयोग गर्ने सोचले एम्बुलेन्स हस्तान्तरण गरिएको तारा सापकोटाले बताए।

‘हामीले पनि जिल्लाको खेलकुद विकासमा सहयोग गर्नुपर्छ भन्ने भावनाले क्लबलाई यो पटक एम्बुलेन्स नै प्रदान गरेका हौं,’ उनले भने। सदरमुकाममा आयोजित समारोहमा क्लब अध्यक्ष धिरेन चेम्जोङलाई सापकोटा दम्पतीले एम्बुलेन्सको चाबी र कागजपत्र प्रदान गरे। 

प्रकाशित: १२ श्रावण २०७५ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App