coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जीप भीरबाट खसेको र जीपमा सवार ६ जनाको मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई दिएका थिए।

सल्यानकाे दाेलीबाट पिङला तर्फ अाउँदै गरेकाे काे१ज १८०६ नम्बरकाे बाेलेराे जीप भीरबाट करिब एक किलाेमिटर तल  दाल्दु खाेल्सामा खसेकाे स्थानीय प्रत्यक्षदर्सि हेम खड्काले बताए।

दुर्घटनामा परि मृत्यु हुनेमा नेचासल्यान गाउँपालिका २ की २८ वर्षीया उर्मिला बास्ताेला, साेही गाउँपालिका खाल्पाकी २० वर्षीया शु्सिला खड्का रहेका छन्र। शुसिलाकी सात वर्षीया बहिनी शुष्मा खड्का घाइते भएकाेमा उनलार्इ उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएकाे छ।

यस्तै मृत्यु हुनेमा सिराहका ३६ वर्षीया शिवकुमार यादव, गाडि चालक उदयपुरका २१ वर्षीया कुसाङ तामाङ, खाटाङकी २४ वर्षीया काेपीला बस्नेत (कार्की) र अाेखलढुंगा माम्खाका अन्दाजी ४२ वर्षीया श्याम कुमार  रार्इ रहेका छन्।

प्रकाशित: १५ असार २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App