२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पाकिस्तान किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

काठमाडौँ- पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्।

आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनेछन्।

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ। 

प्रकाशित: ३० वैशाख २०७५ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App