१ कार्तिक २०७८ सोमबार
समाज

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना

सोलुखुम्बु – सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने  स्याङबोचे  विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबाुर विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर स्याङबोचे  गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो। 
हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । हेलीकप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दीप राईले जानकारी दिए। 
दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ।

यता जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले सामान्य क्षति भएको जनाएको छ । प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले दुर्घटनाबारे बुझिरहेको बताए।  

प्रकाशित: २६ वैशाख २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App