१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३० अपांग व्यक्तिलाई सहायक सामग्री

सोलुखुम्बुका अपांगता भएका व्यक्तिहरू सामाग्री लिँदै। तस्बिर: राधा ढुंगाना/नागरिक

सोलुखुम्बु – सोलुखुम्बुमा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा जिल्लाका ‘क’ र ‘ख’ वर्गका ३० जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो। ११ जनालाई ह्विलचियर, २ जनालाई ट्राइसाइकल, ८ जनालाई सेतोछडी, ४ जनालाई स्टिक र ५ जनालाई वैशाखी वितरण गरिएको अपांग सशक्तिकरण समाज केन्द्र सोलुखुम्बुकी अध्यक्ष नर्वदा गिरीले जानकारी दिइन्।

राष्ट्रिय अपांग पुनःस्थापना समाज अनामनगर, सोलुदुधकुन्ड नगरपालिका र महिला तथा बालबालिका कार्यालय सोलुखुम्बुको सहयोगमा सामग्री वितरण गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन यापन र हिँडडुलमा सहज होस भन्ने उदेश्यले राष्ट्रिय अपाङ्ग पुनःस्थापनमा समाज अनामनगर काठमडौंको प्रायोजन तथा सोलुदुधकुण्ड नगरपालिका र महिला तथा वालवालिका कार्यालय सोलुखुम्वुको सहयोगमा निःशुल्क रुपमा उनीहरूलाई सहायक सामग्री दिइएको हो ।

प्रकाशित: २० वैशाख २०७५ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App