१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

फेवातालमा डुङ्गा सरर.. (तस्बिरहरु)

गर्मीयामको फुर्सदिलो पललाई यादगार बनाउन पोखराको फेवाताल अहिले आन्तरिक पर्यटकले भरिभराउ छ।

तालको निलो पानीमा डुङ्गा बगाउँदै, डाँडाकाँडाका घामले रंग्याएका फेवा किनारमा कायकिङ्गको मज्जा लिँदै, पर्यटकहरू स्वदेशी समुद्रको स्वाद चाखिरहेका छन्।

युवादेखि परिवारसम्मका समूह डुङ्गा चलाउँदै, सेल्फी र भिडिओमा व्यस्त देखिन्छन्। पोखराको शीतल हावा, न्यानो घाम र फेवातालको शान्त पानीले सबैलाई लोभ्याएको छ।

तर, मौसमले बेला–बेलामा रूप फेरिदिँदा दिउँसो एक–दुई बजेपछि तालमा छाल चल्ने र हावाहुरीको सम्भावना रहेकाले त्यसतर्फ विज्ञहरूले सतर्क गराएका छन्। त्यसैले बिहानै ताल भ्रमण गर्न सुझाव दिइएको छ। सुरक्षा सावधानी अपनाउँदै कायकिङ्गको आनन्द लिनु नै उत्तम मानिएको छ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र साहसिक अनुभूतिलाई एकै पटक महसुस गराउन फेवा तालको कायकिङ्ग अहिले आन्तरिक पर्यटनको प्रिय गन्तव्य बनेको छ।

हेरौँ केही तस्बिरहरू। सबै तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

प्रकाशित: ३१ वैशाख २०८२ १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App