१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा १३ दिनदेखि बेपत्ता युवकको शव फेला

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू बेपत्ता भएको १३ दिनपछि मृत फेला परेका छन्।

मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमानामा बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको जानकारी दिए।

वडाध्यक्ष तामाङका अनुसार वैशाख १७ गतेदेखि बेपत्ता थोप्राको खोजी आफन्तले निरन्तर गरिरहेका थिए। १३ दिनपछि उनको शव फेला परेको हो।

थोप्राको शव सोमबार बेलुका पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०८२ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App