भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्याकटरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।
भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्याकटरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ। बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो। (रासस)
प्रकाशित: ३० चैत्र २०७४ ०७:४६ शुक्रबार