६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

मोरङमा मानव कंकाल फेला, फरेन्सिक विज्ञको टोली घटनास्थलमा

मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार बुढीगंगा–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको उबेदा खातुनले लगाएका धान खेतमा कंकाल फेला परेको हो।

बिहीबार बिहान काट्न गएकाहरूले कंकाल देखेपछि खबर गरेको बताउँदै, डिएसपी जोशीले भने, ‘कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन। तत्काल नाम, थर, वतन तथा लिङ्ग नछुट्टिएको कंकाल फेला प¥यो। जङ्गली जनावर र कुकुरले खाए जस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्था भेटिएको हो।’

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीका साथ कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा.ज्वाला कँडेलसहितको टोली घटनास्थलमा पुगेर विभिन्न कोणबाट अनुसन्धान थालेको, डिएसपी जोशीले बताए।

घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पताल लग्ने र थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ मंसिर २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App