८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी पीडित र प्रहरीबिचको झडपमा तीन जना घाइते (तस्बिरहरू)

.

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडाैंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका सहकारी पीडित र प्रहरीबिच झडप हुँदा तीन जना घाइते भएका छन्।

राजधानीको विभिन्न स्थानमा प्रदर्शन गरी माइतीघर मण्डलमा भेला भई बानेश्वरतर्फ जान लाग्दा प्रहरीले सहकारी पीडितहरूलाई रोकेको थियो। सोही क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गर्दा तीनजना घाइते भएका हुन्।

घाइतेमध्ये एकजनाको टाउको गहिरो चोट लागेको छ। प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि बल प्रयाेग गर्नुपरेको प्रहरीले बताएको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा सहकारी पीडितहरूले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सहकारी ठगीविरुद्धका नाराहरू लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।

उनीहरूले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो, गुहार!’ र ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर!’ जस्ता नारा लगाएका थिए।

गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक, कालिमाटी, र सोहखुट्टे चोकबाट सहकारी पीडितहरू प्रदर्शन गर्दै माइतीघरमा भेला भएका हुन्। उनीहरूले सहकारीमा डुबेको पैसा फिर्ता गराउन र महँगीविरुद्ध सरकारले चाँडो कदम चाल्नुपर्ने माग गरेका छन्।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

 

 

 

प्रकाशित: ५ मंसिर २०८१ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App