५ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरण:पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिदै

रविलाई पनि काठमाडौं ल्याउने तयारी

सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार)काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ। मंगलबार पोखराबाट काठमाडौं ल्याइएका उनलाई बयानका लागि अदालतमा पेस गर्न लागिएको हो। जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेको छ। 

त्यस्तै सोही प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ। उनलाई यही साता काठमाडौं ल्याउने प्रहरीको तयारी छ।यसअघि सोही प्रकरणमा पक्राउ परेका कुमार रम्तेललाई पनि काठमाडौं ल्याएर अनुसन्धानपछि पुन पोखरा फर्काइएको थियो।

प्रकाशित: ५ मंसिर २०८१ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App