२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कमला नदीमा बेपता भएका दुई बालकको शव फेला

सिरहा र धनुषाको सीमामा बग्ने कमला नदिमा शुक्रबार नुहाउने क्रममा डुबेका दुई जना बालकको शव आइतबार भेटिएको छ।

सिरहा कर्जन्हा-१ उत्तरवाहिनी घाटमै नुहाउने क्रममा डुबेका मिर्चैया-५ का १५ वर्षीय लक्ष्मण साहको शव केहिसमय अघि भेटिएको सिरहा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले बताए। पानीमा तैरिरहेको अवस्थामा उनी मृत भेटिएका हुन्।

त्यस्तै सिरहा नगरपालिका९१५ का १४ वर्षीय अभिषेक यादवको शव पनि कमला नदीमै आइतबार नै भेटिएको छ। अभिषेक सिरहा-६ बसपिट्टा घाटमा डुबेका थिए।

मिर्चैया नगरपालिका -५ का १५ वर्षीय रोशन मण्डलको शव भने शुक्रबार नै भेटिएको थियो।

रोशन कर्जन्हा नगरपालिका-१ स्थित उत्तरवाहिनी घाटमा शुक्रबार बिहान पूर्णिमा नुहाउने क्रममा डुबेका थिए। अभिषेक सिरहा-६ बसपिट्टा घाटमा पूर्णिमा नुहाउने क्रममा डुबेर बेपत्ता थिए। लक्ष्मण उत्तरवाहिनीमा पूर्णिमा नुहाउने क्रममा डुबेर बेपता भएको थिए। प्रहरीले शुक्रबारदेखि खोजतलास गरिरहेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफन्तको सहयोगमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।

प्रकाशित: २ मंसिर २०८१ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App