७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्ल्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्यूनीकरणका लागि विश्व समुदायले सहयोग गर्नु पर्ने कुरालाई जोड दिएको बताएका छन्।

इजिप्टको कायरोमा वर्ल्ड अर्बान फोरममा सहभागी भई नेपाल फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरूले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताए।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताए। उनले बाढी, पहिरो जाने, हिमालहरूमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रस्तुति सशक्त भएको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय समुदायहरू नेपाललाई जलवायु अनुकूलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताए।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्ने गरी नयाँ सहरको निर्माणको योजना बनाउनुपर्ने बताए। गत आइतबार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गरेका थिए। सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेन्डा बनाएका थिए। 

प्रकाशित: २४ कार्तिक २०८१ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App