२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

बुद्धभुमी नगरपालिकाले बालगृहका बालबालिकालाई दियो कम्मल

कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बालबालिकालाई कम्मल बाँडिएको छ। बुद्धभुमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालबालिकालाई कम्मल बाडेको हो।

मेयर केशव कुमार श्रेष्ठले बालगृहका बालबालिकालाई कम्मल हस्तान्तरण गरेका थिए। मेयर श्रेष्ठले आफुले बाचा गरे अनुसार नै बालगृहका बालबालिकालाई कम्मल उपलब्ध गराएको बताए। उनले बालगृहलाई आफ्नो नगरपालिकाले विभिन्न सामाग्री खरिदका लागि वार्षिक २ लाख बजेट विनियोजन समेत गरेको बताए। बालगृहलाई सबैले सहयोग गरी बालबालिकालाई प्रोत्साहन गर्नु पर्ने बताए।

उनले आफ्नो पालिकाले बालगृहलाई थप सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीले बुद्धभुमी नगरपालिकाले बालगृहलाई लामो समय देखि सहयोग गर्दे आएको बताए। उनले बालगृहकालागि सरकारी स्तरबाट कुनै सहयोग नभएको गुनासो गरे।

उनले बालगृहको विकासकालागि ३ वटै तहका सरकारले सहयोग गर्नु पर्ने बताए। कार्यक्रममा बालगृहका व्यवस्थापक राम प्रसाद अर्यालले बुद्धभुमी नगरपालिकाले बालगुहलाई धेरै माया गरेको बताए। वार्षिक रुपमा २ लाख सहयोगका साथै दसैँ लगायतका पर्वहरूमा समेत सामाग्रीहरू सहयोग गर्ने गरेको उनले बताए। 

प्रकाशित: २२ कार्तिक २०८१ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App