सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुई जना मृत भेटिएका छन्। तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो । गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव निकालिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् ।
ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो।
त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ का ३५ वर्षिय जनक यादव भने पौडिएर बाच्न सफल भएका थिए।
कार हुइँकिएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयले बताएका छन्।
पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ ।
प्रकाशित: २० कार्तिक २०८१ ०९:२२ मंगलबार