१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सैँजुको शुक्रबार आर्यघाटमा अन्त्येष्टि

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार अन्त्येष्टि गरिएको छ।

पूर्वउपाध्यक्ष  सैँजुको अन्त्येष्टिमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलगायत  आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जलि दिएकोसैँजुकी छोरी मीता सैँजु प्रधानले जानकारी दिएकी छन्।

लामो समयदेखि पार्किनसन रोगबाट पीडित सैँजुको ८३ वर्षको उमेरमा सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । उनका छोरा विदेशबाट आउनुपर्ने भएकाले चार दिनपछि आज अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

सैँजुले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए। सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण र प्रवल त्रिशक्ति पट्टबाट उनी सुशोभित भएका थिए।

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा बढी लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित: १६ कार्तिक २०८१ २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App