५ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

आजको मौसम:कतिपय स्थानमा वर्षा, हिमाली भेगमा हिमपात

अहिले देशभर पश्चिमी वायुका साथै स्थानीयवायुको प्रभाव देखिएको छ। कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि  साधारणतया बदली रहने छ । बाँकी भेगको मौसम भने समान्यतः सफला रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आज दिउसो आंशिकदेखि साधारणतया बदली हुने छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी  प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ

प्रकाशित: १५ कार्तिक २०८१ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App