१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

अपांगता भएका व्यक्तिलाई लुटपाट गरी कुटपिट गर्ने एक पक्राउ

.

.

विराटनगरमा अपांगता भएका एक जनामाथि आक्रमण र लुटपाट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–११ का ‘बब’ भनिने २४ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार सहनीलाई विराटनगर–११ बसपार्कबाट आइतबार राति पक्राउ गरिएको हो।

सहनीले कात्तिक ४ गते बिहान ३ बजेतिर अपांगता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी जोशीले भने, ‘आक्रमणबाट गुरुङको दुवै हात भाँचिएको छ। टाउकोलगायत शरीरमा विभिन्न भागमा गहिरो चोट लागेको छ। बोल्न र सुन्न सक्दैनन् हुँदा इसाराले मात्रै कुरा गर्न सक्छन्।’

सहनीले आक्रमण गरेर उनको साथबाट २० हजार रुपैयाँ लुटपाट गर्दै उनीमाथि कुटपिट गरेको थिए। गोरखाबाट विराटनगर–१६ दरैयाबस्ती आएका गुरुङलाई रोडशेषबाट सिटी सफारीमा राखी बसपार्क हुँदै महेन्द्र चोक पश्चिमस्थित गोल्डेन अस्पतालपछाडि लगेर बाँसले निर्घात कुटपिट गरिएको डिएसपी जोशी बताए।

साबिकको विराटनगर–२० गुरुङको पुरानो थातथलो हो। १५ वर्षअघि नै ज्ञानबहादुर राईलाई घर तथा जग्गा बेचबिखन गरेर परिवारसहित गुरुङ गोरखा गएका थिए। पुरानो ठाउँ घुम्नका लागि आएका बेला आक्रमणमा परेका हुन्।

आक्रमणपछि घाइते भएको उनको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सूक्ष्म तवरबाट गरिएको अनुसन्धानबाट घटनामा संलग्न पक्राउ परेका हुन्।

सनहीविरुद्ध कुटपिट तथा अङ्गभङ्ग शीर्षकमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App