१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

.

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन्।

सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जनाए।

उनीहरु सबैको अवस्था सामान्य रहेको  छ। गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ २०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App