९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा क्षेत्रमा सहायता कक्ष स्थापना

पाथीभरा मन्दिरको मुख्य सिजनमा तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङको तोक्मेडाँडा, पुरानो बैंकलाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेको छ। 

पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले यातायात,आवास सहितका विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे सहायता कक्षमा सम्पर्क गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

यसले तीर्थयात्रीलाई पाथीभरा यात्रामा सहजता प्रदान गर्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए। पाथीभरामा आउने तीर्थयात्रीको गुनासो नआउने गरी तयारी भएको र जनशक्ति समेत परिचालन भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।  

प्रकाशित: ९ कार्तिक २०८१ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App