८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

७८ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

<br>

<br>

मधेस प्रदेशको बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

नगरपालिकाले गर्ने बिल भुक्तानीमा घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले साहलाई बिहीबार नियन्त्रणमा लिएको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका भरतचौकबाट नियन्त्रणमा लिइएको हेटौंडास्थित अख्तियारको कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद   गौतमले जानकारी दिए।

साह गत असार तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारीमध्ये अधिकृत सातौँ तहका साहलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको थियो।

प्रकाशित: ८ कार्तिक २०८१ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App