२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा

धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ। तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेपछि असोज शुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ।

विश्व बौद्ध धम्म सङ्घ नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए। यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको  बताइएको छ। सो दिनलाई अशोक विजया दशमीको नामबाट बुझिने जनाइएको छ।

भगवान् गौतमबुद्धको अष्टधातुलाईु आठ भागमा वितरण गरेकोमध्ये रामग्राम स्तूप पनि हो। यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए। कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिन नागवंशीले आफ्नो ज्यानसमेत दिन तयार भएपछि सम्राट अशोकले फर्केकाे बताए।

अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ आश्विन २०८१ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App