२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भारतीय वन रक्षकले चलाएको गोली लागेर ४ नेपाली घाइते

आइतबार साँझ भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोलीले चार नेपाली घाइते भएको खुलासा भएको छ।

नेपाल भारतको सीमावर्ती क्षेत्रमा भारतीय क्षेत्रका वन रक्षकले गोली चलाएका थिए । 

दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको खुलेको छ। गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । 

यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो। छर्रा लागेका गोलुवा सम्पर्कमा नरहेको पीडित पक्षको भनाइ छ।

नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र  ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाउँदा घटनास्थल तनावग्रस्त बनेको थियो। वडा ८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाका अनुसार, घटनास्थलमा अहिले सशस्त्र र नेपाल प्रहरी परिचालित छन्। 

सामान्य अवस्थामा रहेका छर्रा लागेका व्यक्ति सार्वजनिक नभएको स्थानीय बताउँछन्। यसअघि भारतीय वन रक्षकले असार १ गते शनिबार नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा  गुनपा ८ का खगेन्द्र सुनार भेटिएका थिए। उनी अझै उपचारकै क्रममा छन्। 

घटनामा केके भइरहेको खुल्दै गइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन्।‘घाइते भनिएका व्यक्ति प्रहरीको सम्पर्कमा आउँदै गरेका छन्’ । उनले भनिन,‘घटनाको फराकिलो अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ। ’

प्रकाशित: २८ आश्विन २०८१ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App