१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बसलाई ट्रकले ठक्कर दिँदा एकजना घाइते

चितवनको भरतपुर महानगरपालिका २९ मा मुग्लिङतर्फ जाँदै गरेको बस अनियन्त्रित भई डिभाईडराम ठोक्किँदा एकजना घाइते भएका छन्।

बसमा सवार भक्तपुरका १९ वर्षीया अपिया सुहाल सामान्य घाइते भएकी छिन्। उनको नाकमा चोट लागेको र उपचारका लागि भरतपुर पठाईएको छ।

सेतिदोभानस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको प्र. १–०२–००१ ख ९९८९  नं. को बस आफैँ अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको छ।

आज बिहान ५ः ३० बजेको समयमा आफैँ अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको बसलाई सोहि दिशा आउँदै गरेको ना ६ ख ४८८७ नं. को डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

अहिले भने बाटो सुचारु भइसकेको छ। भ्ने दुवै सावरी र चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: १७ आश्विन २०८१ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App