१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरका २ सहित आधा दर्जन युवा लागू औषध आरोपमा पक्राउ

प्रतिबन्धित लागू औषध साथमा लिएको अवस्थामा उदयपुरका दुई सहित विभिन्न ठाउँका आधा दर्जन युवा प्रहरी नियन्त्रणमा परेका छन् । उदयपुर, मोरङ र सुनसरीका ३ छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई बुधवार प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उदयपुर र सप्तरीको सीमा नाका त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा विङगर (जीप)मा सवार त्रियुगा नगरपालिका १० बोक्सेका २० वर्षीय संगम भुजेल र २२ वर्षीय संगम राई पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सिराहाको लहानबाट उदयपुर सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ०११४ को विङगरमा चढेर आउँदै गरेका उनीहरु नियमित चेकजाँचको क्रममा पक्राउ परेका हुन् ।

लालपत्ता प्रहरी चौकीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीमबहादुर दाहालले जनाए । उनका अनुसार भुजेल र राईको साथबाट २७ एम्पुल प्रतिबन्धित लागू औषध बरामद भएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय रामधुनी मोरङबाट खटेको टोलीले रामधुनी ५ का २६ वर्षीय राज भुजेल, इटहरी १८ का २५ वर्षीय संदिप राई र वराहक्षेत्र नगरपालिका ६ का २९ वर्षीय सन्देश राईलाई पक्राउ गरेका छन् ।

उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध स्पासरेस्ट ३ सय ७ क्याप्सुल, ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक १३ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी दाहालले बताए । 

प्रकाशित: १६ आश्विन २०८१ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App