१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंबाट पाेखरा* जाँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना, १२ जना घाइते

नुवाकोटको बोहरेखोलामा माइक्रोबस दुर्घटनामा परेको छ।

काठमाडौंबाट पाेखरा जादै गरेको ग १ ख ४५३५ नम्बरको हायस सोमबार दिउँसो नुवाकोट शिवपुरी ८ बोहरेखोलामा दुर्घटनामा परेका हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार माइक्रोमा सवार १८ जना मध्य १२ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

माइक्रो अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

*सच्याइएको: यसअघि समचारकाे शीर्षकमा भुलवस 'काठमाडाैंबाट पाेखरा जाँदै गरेकाे माइक्राे' हुनुपर्नेमा अन्यथा हुनगएकोमा सच्याइएकाे छ। - सम्पादक  

प्रकाशित: १४ आश्विन २०८१ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App