१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

देशभर विपद्‌बाट २०४ जनाको मृत्यु, २८ बेपत्ता

अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म २०४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्‌मा परी ८९ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०८१ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App