अविरल वर्षापछि देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाएका छन् ।
कार्यवाहक प्रधानमन्त्रीको आह्वानमा शनिबार दिउँसो साढे २ बजेटदेखि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका मन्त्री, सचिव र सुरक्षा अधिकारीहरूसँग बैठक बसिरहेको छ ।
‘अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक छलफल गर्न बैठक बसिरहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले भन्यो ।
लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानले हालसम्म ३९ जनाको ज्यान लिइ सकेको छ । दर्जनौं बेपत्ता छन् । भौतिक क्षतिको हालसम्म कुनै लेखाजोखासम्म हुन सकेको छैन ।
प्रकाशित: १२ आश्विन २०८१ १५:२३ शनिबार