दुई दिनदेखि परेको अविरल वर्षाले रौतहटका सबै साना र ठुला नदी भरिएको छ । खोलाहरूमा बाढी आउँदा हजारौँ बिगाहा धान खेत डुबानमा परेको छ भने कैयाैं बस्ती पनि डुबानमा परेको छ । यसै गरी रौतहट सदरमुकाम गौर पनि बाढीको चपेटामा पर्ने देखिएको छ ।
बकैया नदीमा बनाइएको तटबन्ध राजपुर नगरपालिकातिर बाढीले भत्काएको छ । बाढीले तटबन्ध कटान गरेपछि राजपुर नपाको बलुवा, बैरिया तथा ईशनाथ नपाको औरैया र बन्जरहातिर बाढीको पानी गएको छ ।
यसै गरी लमाहा खोलाको बाढीको पानीले दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको दर्जनौँ घरमा पानी पसेको छ । बडहर्वाको दलित बस्ती पूर्णतया डुबानमा परेको छ । बाढीको पानी सदरमुकाम गौरतिर गइरहेको छ ।
प्रकाशित: १२ आश्विन २०८१ १४:४५ शनिबार